काठमाडौं, २२ कात्तिक । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता एवं मधेश प्रदेशका निवर्तमान मुख्यमन्त्री जितेन्द्र सोनलले मुख्यमन्त्रीमा फेरि दाबी गर्ने बताएका छन् । प्रदेशसभाबाट विश्वासको मत नपाउने भएपछि राजीनामा घोषणा गरेका सोनलले आफूसँग बहुमत रहेको भन्दै फेरि दाबी गर्ने बताएका हुन् । ‘म फेरि दावा गर्छु, हामीसँग बहुमत छ,’ उनले भने ।
वैधानिकरुपले सरकार गठन प्रक्रिया अगाडि बढोस् भनेर आफूले राजीनामा गरेको पनि उनले बताए । भोलि वा पर्सितिर फेरि एउटा परिस्थिति बन्ने र बहुमत पुर्याएर दाबी पेश गर्ने उनले बताए ।
गत असोज २९ गते लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, जनता समाजवादी पार्टी नेपाल, जनमत पार्टी, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) गरि ५ दलको समर्थनमा सोनल मुख्यमन्त्री नियुक्त भएका थिए ।




प्रतिक्रिया