आलमको निधनमा आज शोक बिदा


काठमाडौं, कार्तिक २३ । पूर्वमन्त्री मोहम्मद अफताब आलमको निधनमा रौतहटको ईशनाथ नगरपालिकाले आज शोक बिदा दिएको छ। रौतहट क्षेत्र न.२ का पूर्व सांसद तथा पूर्वमन्त्री आलमको निधनको प्रति शोक सम्वेदना व्यक्त गर्दै नगरपालिकाले आज शोक बिदा दिने उल्लेख गरेको छ।

नगरपालिकाको कार्यलय तथा मातहतका कार्यलयमा शोक बिदा दिएको हो । नेपाली कङ्ग्रेसका नेता तथा पूर्वमन्त्री आलमको शनिबार काठमाडौंको के.एम.सी. अस्पतालमा उपचारका क्रममा निधन भएको हो। उनको हिजै मुस्लिम परम्परा अनुसार अन्त्यस्टी गरिसकेको पारिवारिक स्रोतले बताएको छ।