काठमाडौं, कार्तिक २३ । एकीकृत समाजवादीले संयोजकको जिम्मेवारी घनश्याम भूसाललाई दिएको छ । एकता विवादको भुमरीमा फसेको समाजवादीमा पुनर्गठन पक्षधरले आफ्नो नयाँ नेतृत्व चयन गर्दै भूसाललाई जिम्मेवारी दिएको हो । अध्यक्ष माधव कुमार नेपाल, सम्मानित नेता झलनाथ खनालसहितको टोलीले नेकपा माओवादी केन्द्रसँग एकता गरेपछि यसअघि पार्टीको महासचिव रहेका भूसाललाई संयोजक तोकिएको हो ।
शनिबार एकीकृत समाजवादीका ६७ केन्द्रीय सदस्यहरुले गरेको भर्चुअल बैठकले भूसाललाई संयोजक तोकेको एक नेताले बताए । बैठकले मंसिर पहिलो साता राष्ट्रिय भेलाको समेत आयोजना गर्ने निर्णय गरेको छ । बैठकले पार्टीको नाम, झण्डा र चुनाव चिह्नलाई यथावत राख्ने निर्णय गरेको छ ।
भूसालले गत शुक्रबार नेकपा माओवादी केन्द्रका तत्कालीन नेता जनार्दन शर्मा र नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवसँग सहकार्य गर्ने सहमति जनाएका थिए ।




प्रतिक्रिया