जेन-जी आन्दोलनलाई जनआन्दोलन घोषणासहित विभिन्न ९ वटा माग लिएर के.एन. बस्यालद्वारा आमरण अनशन घोषणा


काठमाडौं, २३ कात्तिक । जेन–जी आन्दोलनलाई जनआन्दोलन घोषणा गर्नुपर्नेसहित विभिन्न ९ वटा माग लिएर के.एन बस्यालले आमरण अनशन घोषणा गरेका छन् । रुपन्देही जिल्ला, देवदह नगरपालिका–५ का बस्यालले विभिन्न मागसहित भोलि (कात्तिक २४ गते) देखि आमरण अनशनको घोषणा गरेका हुन् । काठमाडौंको रत्नपार्कस्थित शान्ति बाटिकामा आमरण अनशन बस्न लागेको उनले बताए ।

उनले जेन–जी आन्दोलनका सम्पूर्ण मृतकलाई शहिद घोषणा गर्नुपर्ने, शहिद परिवारलाई शिक्षा, स्वास्थ्य र रोजगारीको ग्यारेन्टी गर्नुपर्ने, संविधान संशोधनमार्फत जेन–जी आन्दालनले मुख्य रुपमा अगाडि सारेका मागहरु सरकारले तत्काल सम्बोधन गर्नुपर्ने, राज्यका तीन वटै निकायअन्तर्गत सर्वजानिक पदमा बसेकाहरुको सम्पत्ति छानविन गरी सोको प्रतिवेदन जनतासमक्ष सार्वजनिक गर्नुपर्ने माग राखेका छन् ।

त्यसैगरी, सम्पूर्ण आयोगका प्रमुख आयुत्तmहरु, संवैधानिक निकायका प्रमुखहरुर कुटनितिक नियोगका प्रमुखहरुको नियुक्ति खुला प्रतिस्पर्धाको आधारमा हुनुपर्ने, सहकारी पिडित आम नागरिकको विषयमा निष्पक्ष छानविन गरी राहत र दोषीलाई कानुनको दायरामा ल्याउनुपर्ने, नेपालको भौगोलिक अवस्था र भू–अखण्डताको आधार स्तम्भ तयार गरी विकाशको मोडल पेश गर्नुपर्ने, जेन–जी आन्दोलनका क्रममा भएको बलप्रयोग र धनजनको क्षतिलगायत घटनाको निष्पक्ष न्यायिक छानबिन गरी दोषीउपर कारबाही गरिनुपर्ने र पूर्ण समानुपातिक निर्वाचन प्रणाली अपनाउनुपर्ने माग गरिएको छ ।