बालेनलाई ईःईः को प्रश्नः गरिबी समाप्त गर्ने कि गरिबलाई नै समाप्त गर्ने ?


काठमाडौं, २३ कात्तिक । सामाजिक अभियनता ईः ईः ले काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाहले सुकुम्बासी बस्तीमा डोजर चलाएकोमा विरोध जनाएका छन् । उनले ‘सुकुम्बासी समस्या सक्काउने कि सुकुम्बासीलाई नै सक्काउने ?’ भन्दै बालेनलाई प्रश्न गरेका छन् । सामाजिक अभियन्ता ईःईः ले गरिबीलाई समाप्त पार्ने कि गरिबलाई समाप्त गर्ने ? भन्दै बालेनमाथि यक्ष प्रश्न तेर्स्याएका छन् ।

उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘सुकुमबासी समस्यालाई सक्काउने कि सुकुमबासीलाई नै सक्काउने? गरीबी समाप्त गर्ने कि गरीबलाई नै समाप्त गर्ने, विदेश भगाउने?लोकरिझ्याईँबाद संस्थागत भएको फासीबाद उन्मुख वर्तमान राजनीतिक परीपेक्षमा उक्त विषयबारे धारणा populist, opportunist, र न्यायपक्षधर व्यक्ति, विशेष गरी नवयुवा, छुट्टयाउने अचुक litmus test बनेको छ। न्यायसम्यता उन्मुख लोकतान्त्रिक मूल्यमान्यता र संस्था बलियो रहेसम्म एउटा विवेकसम्मत, न्यायसङ्गत नागरिक धारणाको ओज, पचासवटा हावा जता बग्यो त्यतै जाने गुञ्जनभन्दा भारी हुन्छ।’


हुकुमबासी र वास्तविक भूमिहीन छुट्ट्याउन भूमि आयोगले स्पष्ट कार्यादिशा दिइसकेकाे पनि उनले उल्लेख गरेका छन् । विस्थापन नभएर मानवतालाई केन्द्रमा राखेर व्यवस्थापन गर्न उनले माग गरेका छन् । काठमाडौँमा स्थापित मानक स्वतः देशैभरी स्थापित हुने यथार्थले गर्दा नै यहाँ जे हुन्छ त्यसमा न्यायिक दृष्टिकोण स्थापित गर्न महत्त्वपूर्ण रहेकाे र सरकार त्यसै हिसाबले अघि बढे विधिको शासन र सामाजिक न्याय कायम उनले उनकाे भनाइ छ ।