काठमाडौं, २३ कात्तिक । नेपाली कांग्रेसका निवर्तमान सांसदहरुले संसद् पुनर्स्थापनाका लागि हस्ताक्षर म्याम्पेनिङ सुरु गरेका छन् । कांग्रेस नेता एवं विघटित प्रतिनिधिसभाका तत्कालीन सदस्य श्यामकुमार घिमिरेका अनुसार पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैडकले वर्तमान सरकार गठन र संसद् विघटनलाई असंवैधानिक र अलोकतान्त्रिक भएको निष्कर्ष निकालेको बताए । केन्द्रीय कार्यसम्पादन समितिको निर्णयअनुसार नै हस्ताक्षर अभियान थालिएको उनको भनाइ छ ।
नेता घिमिरेले रिपोर्टर्स नेपालसँग कुराकानी गर्दै अहिले कांग्रेसले संसद् पुनर्स्थापना वा निर्वाचन भन्ने कुरामा कुनै निर्णय नगरिसकेको बताए । कार्यसम्पादन समितिले सरकार गठन र संसद् विघिटनलाई असंवैधानिक र अलोकतान्त्रिक भनिसकेपछि त्यसका विरुद्धमा न्यायलयको ढोका ढकढक्याउन हस्ताक्षर क्याम्पेनिङ सु्रु गरिएको उनले बताए ।
नेता घिमिरेले निवर्तमान सांसदहरुले संसद् पुनर्स्थापनाको पक्षमा गरेको हस्ताक्षर पार्टीमा बुझाइसकेको पनि बताए । पार्टीले नै एक भएर बाँकी निर्णय गरोस् भनी आफूहरुले छाडिदिएको उनले बताए ।
त्यस्तै, नेकपा (एमाले) पनि संसद् पुनर्स्थापनाको पक्षमा उभिएको छ । संसद् पुनर्स्थापनाको माग गर्दै सर्वोच्च अदालतमा १६ वटा मुद्दा दायर भएका छन् ।




प्रतिक्रिया