-शरद रेग्मी
दाङ, २३ कात्तिक । केही समय अघिसम्म झाडीले ढाकिएको तुलसीपुर–११ म रहेको थारु राजा दंगीशरणको दरबार क्षेत्र अहिले सरसफाइ गरिएको छ ।
यो क्षेत्रको संरक्षण, प्रवद्र्धन तथा पर्यटकीय स्थलको रुपमा विकास गर्न स्थानीयवासी, जनप्रतिनिधि, निजी क्षेत्रको तर्फबाट तुलसीपुर उद्योग वाणिज्य संघलगायतका सरोकारवालाहरुले चासो देखाएका छन् ।
सुकौराकोटको विकासका लागि विभिन्न सरोकारवालाहरुको सहभागितामा थारु राजा दंगीशरणको दरबार क्षेत्र संरक्षण तथा पर्यटन विकास समिति समेत गठन गरिएको छ ।
समितिले पछिल्लो समय यो क्षेत्रमा सरसफाइ तथा यहाँका ऐतिहासिक स्थल तथा भौतिक संरचनाहरुको खोजी र संरक्षणका काम गर्दै आएको समितिका अध्यक्ष जनकुलाल चौधरीले बताए ।
यस अघि झाडीले सबैतिर ढाकेर केही पनि देखिदैनथ्यो । अहिले समितिमार्फत सरसफाइको काम अगाडि बढाएका छौं । सरसफाइपछि राजरानी मन्दिर जाँदा प्रयोग गरेको भ¥याङ, पुराना इँट्टाहरुलगायतका संरचना तथा वस्तुहरु भेटिएका छन्’– उनेले भने, ‘यसको संरक्षण गर्ने सबैभन्दा मुख्य दायित्व स्थानीयवासीको हो भनेर लागिपरेका छौं ।
यस अघि दुईपटक सम्म पुरातत्व विभागबाट उत्खनन गरेर ऐतिहासिक वस्तुहरु फेला परेको जानकारी पाएका छौं तर पछिल्लो समय सुकौराकोटको ऐतिहासिकतातर्फ कम ध्यान पुगेको कारण पछाडि परेको स्थानियको भनाई रहेको छ ।
थारु राजा बसेको सुकौराकोटको बिकास नहुदा स्थानियलाई धेरै घाटा भएको अर्का स्थानिय श्रीमण चौधरिले बताए ।
२०७८ सालमै संग्रहालय बनाउने भनेर शिलान्यास भएको हो तर राजनिति हो या किन हो हालसम्म पनि संग्रहालय बन्न सकेको छैन । उनले भने ।
आईतबार तुलसीपुर क्षेत्रका विभिन्न निकायहरुका प्रतिनिधि, जनप्रतिनिधि, समितिका पदाधिकारी तथा तुलसीपुर उद्योग वाणिज्य संघका पदाधिकारीसहितको टोलीले सुकौराकोटको स्थलगत अनुगमन गरेको छ ।
अनुगमनपश्चात तुलसीपुर उधोग बाणिज्य संघका अध्यक्ष विनिल केसीले सुकौराकोटको ऐतिहासिकताको प्रचारप्रसार गरेर यो क्षेत्रको पर्यटन प्रवद्र्धन गर्न सकिने धारणा राखे
सुकौराकोटको स्तरोन्नति गर्नेतर्फ ध्यान नपुग्दा एउटा ऐतिहासिक स्थल गुमनाम जस्तै भएको छ । त्यसैले निजि क्षेत्रबाटै सुकौराकोटको प्रवद्र्धनका लागि अगाडि बढेका छौं’– अध्यक्ष केसिले भने । ‘यता लुम्बिनि प्रदेशका पुर्ब मुख्यमन्त्री डिल्लीबहादुर चौधरिले प्रदेश पर्यटन मन्त्रालयबाट केही वर्षअघि छुट्याइएको बजेटबाट पर्खाल निर्माण गरेर संरक्षणको काम पनि भएको बताए । उनले थारु राजा दङ्गिशरण दरबारको ईतिहास समेटेर डिपिआर तयारहुनुपर्ने बताए ।
थारु अगुवा समेत रहेका चौधरिले आफुहरुको संस्कृति र पहिचान झल्किने गरि थारु राजा दंगीशरणको दरबारको बिकास हुनुपर्ने बताए ।
हाम्रो भू–गोलमा रहेका ऐतिहासिक स्थलहरुको पहिचान गर्दै व्यापकरुपमा प्रचार प्रसार र संरक्षण गर्न सके आन्तरिक तथा बाह्य पर्यटन भित्रयाउन सकिने सम्भावना प्रसस्त रहेको देखिन्छ ।







प्रतिक्रिया