काठमाडौं, २३ कार्तिक । जनार्दन शर्माले घोषणा गरेको प्रगतिशील नेपाल अभियानमा जोडिएकी अञ्जना बिशंखे नेपाली कम्युनिष्ट पार्टीमा नै आवद्ध भएकी छिन् । जनार्दनले पत्रकार सम्मेलन गरेर अभियान घोषणा गर्दा उनीपनि सँगै देखिएकी थिईन् ।
तर, पाँच दिन नबित्दै उनी नेपाली कम्युनिष्ट पार्टीमा नै फर्किएको बताईन्छ । उनले आज माओवादी केन्द्रको मुख्यालयमा पुगेर नेपाली कम्युनिष्ट पार्टीमा हस्ताक्षर गरेको बताईन्छ । शर्माले भने विप्लव र घनश्याम भुसालसँग सहकार्यको थालनी गरेका छन् ।




प्रतिक्रिया