छिट्टै एमालेमा प्रवेश गर्ने झाँक्रीको तयारी


काठमाडौं, २३ कात्तिक । पूर्व मन्त्री रामकुमारी झाँक्रीले छिट्टै नेकपा (एमाले) मा प्रवेश गर्ने संकेत गरेकी छन् । तत्कालीन नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) सहित १० कम्युनिष्ट घटकबीच एकता हुँदा बाहिरै बसेकी झाँक्रीले एमालेमा फर्किने मनस्थिति बनाएकी हुन्ु ।

‘मेरो राजनितिक जीवनको उतारचढाव हो यो। तपाईहरूप्रतिको मेरो उत्तरदायित्व सधै रहनेछ। खासगरी गत निर्वाचनमा म तपाईहरू विचमा आएँ आफ्नो दल विर्सेर वा मलाई आफ्नो ठानेर वा मलाई आफैजस्तो ठान्नु भयो। यो सहयोग, सदभाव र स्नेहलाई सधै मानषपटलमा राख्नेछु।
मैले केही निर्णय लिदैछु। यसलाई हजुरहरूले सामान्य रूपमा लिनको लागि हार्दिक अनुरोध गर्दछु,’– उनले भनेकी छन् ।

स्रोतका अनुसार भोलि (सोमबार) एमालेले कार्यक्रम राखेको छ । सोही कार्यक्रममा झाँक्रीले एमाले प्रवेश गर्ने तयारी रहेको बताइएको छ ।