काठमाडौं, कार्तिक २४ । तत्कालिन नेकपा (एकीकृत समाजवादी)को निणर्यबाट असुन्तुष्ट एक समूह आज नेकपा (एमाले)मा फर्किने तयारीमा रहेको छ । पार्टी स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रिको नेतृत्वमा एक समूह आज एमालेमै फर्किन लागेको हो ।
नेकपा एसका अध्यक्ष माधव कुमार नेपालले नेकपा (माओवादी केन्द्र)सँग पार्टी एकता गरेपछि उक्त निर्णयबाट असुन्तुष्ट रामकुमारीसँगै किसान श्रेष्ठ लगायतका नेताहरू आज एमालेमा फर्किन लागेका हुन् ।
एमालेले पार्टी छाडेका नेतारकार्यकर्तालाई पुनः पार्टीमा फर्काउन घर फर्क राष्ट्रिय अभियान घोषणा सभा गर्दै छ। कार्यक्रम आज दिउँसो साढे २ बजे काठमाडौंको राष्ट्रिय सभा गृहमा हुनेछ। सोही कार्यक्रमबाट असुन्तुष्ट पक्ष औपचारिक रुपमा एमालेमै फर्कन लागेको हो । यो अभियान आफूहरूको भन्दै झाँक्रीले घर फर्कन आह्वान गरेकी छिन्।




प्रतिक्रिया