काठमाडौं, कार्तिक २४ । नेपाली कांग्रेसका संस्थापक एवं २०४६ सालको जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको सालिकमा माल्यार्पण गरिएको छ।
सोमबार बिहान गणेशमान सिंहको १११ औँ जन्मजयन्ती दिवसको अवसरमा शोभाभगवतीस्थित गणेशमान सिंहको सालिकमा पूर्व मन्त्री तथा नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहलगायतले माल्यार्पण गरेका हुन्।
जन्मजयन्ती दिवसको अवसरमा स्वर्गीय गणेशमानका छोरासमेत रहेका कांग्रेस नेता सिंहले फेसबुकमा लेखेका छन् ‘०४६ सालको जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको आज जन्मजयन्ती । जहानिया राणाशासन र पञ्चायतको अन्धकार समाप्त गरि नागरिकलाई प्रजातन्त्रको उज्यालो दिलाउन यहाँले गर्नुभएको कठिन संघर्ष र अदम्य साहस स्मरणीय छ । आफूले जेलनेल, निर्वासन,बर्बर यातना सहेर पनि रैतीबाट नेपालीलाई नागरिक बनाउन यहाँले गर्नुभएको अटुट संघर्षकै परिणाम आज देश संघिय लोकतान्त्रिक गणतन्त्रसम्म आइपुगेको छ । यहाँले देखाउनुभएको सत्य र निष्ठाको बाटोमा डगमगाउने छैन । लौहपुरूष गणेशमान सिंहको १११ओैं जन्मजयन्ती आज । उहाँप्रति भावपूर्ण श्रद्धासुमन अर्पण गर्दछु ।’




प्रतिक्रिया