काठमाडौं, २४ कात्तिक । बहुविवाह मुद्दामा दोषी ठहर भई पक्राउ परेका नेकपा (एमाले) का केन्द्रीय सदस्य पासाङ शेर्पा कैदवापतको रकम तिरेर थुनामुक्त भएका छन् । हिजो (आइतबार) काठमाडौं जिल्ला अदालतका न्यायाधीश आनन्द प्रसाद श्रेष्ठको इजलासले कैद बराबरको रकम बुझाएर रिहा हुन पाउनेगरी आदेश दिएको थियो । सोही आदेशबमोजिम शेर्पा पैसा तिरेर थुनामुक्त भएका हुन् ।
उनीविरुद्ध एक वर्ष कैद र ५ हजार रुपैयाँ जरिवाना गरिएको थियो । मुलुकी फौजदारी कार्यविधि, २०७४ को दफा १५५ ले गम्भीर प्रकृतिबाहेक एक वर्षमुनिको कैद सजाय किन्न सकिने व्यवस्था गरेको छ । यस्तो अवस्थामा प्रतिदिनको तीन सय रुपैयाँका दरले रकम बुझाउनुपर्ने हुन्छ ।




प्रतिक्रिया