कुमारी चेपाङको गीत ‘लाहुरै गयौ, परदेशी भयौ’ सार्वजनिक


काठमाडौं, २४ कात्तिक । गायिका कुमारी चेपाङको गीत ‘लाहुरै गयौ, परदेशी भयौ’ सार्वजनिक भएको छ । आज (सोमबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी गीतबारे जानकारी गराइएको हो ।

गीतमा लय, शब्द, मोडलिङ कुमारी चेपाङ आफ्नै रहेको छ । लाहुरेको भूमिकामा भने आनन्द गुरुङले साथ दिएका छन् । गीत Kumari Chepang नामक युट्युव च्यानलमार्फत सार्वजनिक गरिएको हो ।