झाँक्री, श्रेष्ठलगायतका दर्जनौं नेताहरु एमालेमा फर्किए


काठमाडौं, २४ कात्तिक । पूर्वमन्त्रीद्वय रामकुमारी झाँक्री, किसान श्रेष्ठलगायत दर्जनौं नेताहरु एमालेमा फर्किएका छन् । उनीहरुलाई राष्ट्रियसभा गृहमा आयोजित विशेष कार्यक्रममा केपी शर्मा ओलीले पार्टीमा स्वागत गरेका हुन् ।

एमालेले आज एक कार्यक्रम गरेर ‘घर फर्क राष्ट्रिय अभियान’ घोषणा गरेको छ । घर फर्क अभियान अब निरन्तर चल्ने बताइएको छ । एकीकृत समाजवादी, माओवादी केन्द्रलगायत १० कम्युनिष्ट घटकहरु मिलेर नेपाली कम्युनिष्ट पार्टी बनेसँग झाँक्री, श्रेष्ठलगायतका नेताहरु एमालेमै फर्किएका हुन् ।

२०७९ भदौमा एमाले विभाजन गर्न महत्वपूर्ण भूमिका खेलेकी झाँक्री फेरि सोही पार्टीमा फर्किएकी हुन् । झाँक्रीसँगै तत्कालीन एकीकृत समाजवादीका केन्द्रीय सदस्यहरु गम्भीरलाल श्रेष्ठ, पिताम्बर तिमिल्सिना, राजाराम स्याङ्तान, विष्णु विष्ट, नवराज पौडेल, अर्जुन राई, अम्बिका राई, बबी चाम्लिङलगायत एमालेमा फर्किका छन् ।