काठमाडौं, २४ कात्तिक । पूर्व मन्त्री किसान श्रेष्ठले एमाले फुटाएकोमा प्रश्चात्ताप गरेका छन् । आज (सोमबार) एमालेमा फर्किएको श्रेष्ठले विगतमा पार्टी फुटाउनु जीवनकै ठूलो भूल भएको बताए । ‘चार वर्षअघि हामीले विभिन्न कारणले नेकपा (एमाले) बाट अलग भएर अर्को बाटो रोज्यौँ । त्यो निर्णय त्यो बेलाको परिस्थितिमा ठिक लागे पनि, आज पछिल्लो अनुभूति र आत्म मन्थनपछि हामी त्यो निर्णय गल्ती थियो भन्ने निष्कर्षमा पुगेका छौँ,’– उनले भने ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले ‘घर फर्क अभियान’ मार्फत श्रेष्ठसहितका नेताहरुलाई एमालेमा स्वागत गरे । सो क्रममा नेता श्रेष्ठले एमाले फुटाउने निर्णय गलत भएको स्वीकार गरे ।
उनले एमाले आदर्श, दृष्टि र राष्ट्र निर्माणको मूल प्रवाह भएको दाबी गरे । उनले भने,‘एमाले छोडेपछि हामीले बुझ्यौँ, यो पार्टी केवल एउटा संगठन होइन, एमाले आदर्श, दृष्टि र राष्ट्र निर्माणको मूल प्रवाह हो । एमालेले देशलाई संविधान दिएको छ, संघीयता र लोकतन्त्रलाई दिशा दिएको छ, र आजको कठिन आर्थिक तथा राजनीतिक अवस्थाबाट देशलाई निकास दिने सामथ्र्य पनि एमालेसँगै छ ।’




प्रतिक्रिया