काठमाडौं, कार्तिक २५ । राष्ट्रपति रामचन्द्र पौडेलले मधेस प्रदेशका प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई पदमुक्त गरेका छन् । राष्ट्रपति पौडेलले मन्त्रिपरिषद्को सिफारिस अनुसार संविधानको धारा १६५ को उपधारा (१) को खण्ड (ख) बमोजिम भण्डारीलाई आजबाट लागु हुने गरी पदमुक्त गरेका हुन् ।
प्रदेश प्रमुख भण्डारीले कानुनविपरित मुख्यमन्त्री नियुक्त गरेको भन्दै सरकारले सोमबार भण्डारीलाई पदमुक्त गर्न सिफारिस गरेको थियो ।





प्रतिक्रिया