प्रदेश सरकार गठनबारे एमाले नेताकाे टिप्पणी: ‘मधेशमा जे भयो, गलत भयो’


काठमाडौं, कार्तिक २५ । नेकपा (एमाले) का नेता ठाकुरप्रसाद गैरेले सोमबार विहान भएको मधेश प्रदेशको मुख्यमन्त्री नियुक्तिको प्रक्रिया ठीक नभएको बताएका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम ‘नेपाली बहस’ मा पत्रकार ऋषि धमलासँग बौल्दै उनले मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले वैकल्पिक सरकार गठनको प्रयास नै नगरी धारा १६८ (३) अनुसार सरोज यादवलाई जनकपुर बाहिर एक होटलमा मुख्यमन्त्रीमा नियुक्त गर्ने विषय र शपथ ग्रहण प्रक्रिया गलत रहेको स्विकार्दै संविधानको प्रावधान तोड्न कसैलाई छुट नरहेको प्रष्ट पारे ।

उनले भने, ‘मघेश प्रदेशमा भइरहेका घटनाहरु गलत भइरहेका छन् । संसदीय प्रावधान तोड्ने, संविधानको प्रावधानभन्दा विपरीत काम गर्ने, राजनीतिक मूल्य, राजनीतिक नैतिकता र इमान्दारिता विपरीतका क्रियाकलापहरु जो कसैले गरेपनि त्यो गलत हो । त्यस्तै, एउटाले गलत गरे भने अरुले दशवटा गलत गर्नुपनि असवैधानिक क्रियाकलाप हो । मधेश प्रदेशमा एउटा सरकार ढालेर अर्काे सरकार बनाउने सत्ता परिर्वनतको खेल हाम्रो देशको राजनीतिक विकृति हो । देशलाई केन्द्रमा नराखेर व्यक्तिलाई केन्द्रमा राखेर, व्यक्तिको हितमा गरेका काम गलत हुन्छन् ।’

सरकार बनाउने प्रक्रियामा भएका संवैधानिक त्रुटीलाई संसदबाट बहुमत सांसदले हटाउन सक्ने प्रावधान हुँदाहुँदै संसदबाट जवाफ माग्नसक्ने व्यवस्था र प्रावधान विपरित कार्यालय तोडफोड गर्ने, राष्ट्रिय झण्डा उखेलेर फ्याक्ने स्वायत्त मधेशको नारा लगाउने कामसमेत संसदीय अभ्यास र प्रावधान विपरितरहेको उनले बताए ।

नेता ठाकुरले पछिल्लो समय नेपालमा राजनीतिक अपाधिकरण, अपराधको राजनीति बढेको र रानीतिक नैतिक गुम्दै गएको बताउँदै होटलमा शपथ किन गरियो भन्ने विषयको जवाफ प्रदेशको संसदबाट जवाफ माग्नसक्ने व्यवस्था भएपनि कार्यालयमा तोडफोड गर्दै संघीयता विपरितको गतिविधि गर्नु राजनीतिक अपराध हुने उनको भनाई छ ।