काठमाडौं, कार्तिक २५ । प्रधानमन्त्री सुशीला कार्कीले दिल्लीको लाल किल्लानजिकै सोमबार बेलुका भएको विस्फोटलाई लिएर दुःख व्यक्त गरेकी छिन्।
प्रधानमन्त्री कार्कीले भारतीय समकक्षी नरेन्द्र मोदीलाई मेन्सन गर्दै सामाजिक सञ्जालमा लेखेकी छिन्, ‘हिजो साँझ भएको दुखद दिल्ली विस्फोटबाट म स्तब्ध र मर्माहत भएको छु। शोक सन्तप्त परिवारप्रति गहिरो समवेदना र घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको लागि प्रार्थना गर्दछु। यस दुःखको घडीमा नेपाल भारतसँग ऐक्यबद्धतामा उभिएको छ।’
लाल किल्ला मेट्रो स्टेसन नजिकै भएको विस्फोटमा ज्यान गुमाउनेको संख्या ११ पुगेको छ भने २४ जना घाइते भएको भारतीय सञ्चारमाध्यमले जानकारी दिएका छन्। घाइतेहरुको विभिन्न अस्पतालमा उपचार जारी रहेको छ । विस्फोटपछि भारतका विभिन्न सहरहरूमा उच्च सतर्कता अपनाईएको छ ।




प्रतिक्रिया