मन्त्रिपरिषद्का १७ निर्णयः मन्त्री सिन्हा भारत भ्रमणमा जाने


काठमाडौं, २५ कात्तिक । आगामी कात्तिक २८ र २९ गते भारतको विशाखापटनमा हुने कार्यक्रममा सहभागी हुन उद्योग बाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हालाई स्वीकृति प्रदान गरिएको छ । हिजो (सोमबार) बसेको मन्त्रिपरिषद् बैठकले मन्त्री सिन्हालाई भारत भ्रमणको स्वीकृतिसहित विभिन्न १७ वटा निर्णय गरेको हो ।

त्यस्तै, राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण (दोस्रो संशोधन) नियमावली २०८२ स्वीकृत गर्ने, श्याम प्रसाद श्रेष्ठलाई हाल जिल्ला प्रशासन कार्यलय स्याङ्जाको कार्यलय रहेको जग्गाको क्षतिपूर्तिवापत एक करोड रुपैयाँ उपलब्ध गराउने निर्णय भएको छ ।

त्यसैगरी, भू–उपयोग (तेस्रो संशोधन) नियमावली २०८२ स्वीकृत गर्ने, २०८२ फागुन १ गतेदेखि ७ गतेसम्म कर्णाली प्रदेशमा १०औं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्न स्वीकृति प्रदान गरिएको छ ।