जनादेश पार्टी नेपाल दर्ताको लागि आयोगमा, नेतृत्वमा अधिवक्ता कर्ण


काठमाडौं, २५ कार्तिक । अधिवक्ता रमण कुमार कर्णको नेतृत्वमा ‘जनादेश पार्टी नेपाल’ दर्ताको लागि निवेदन दिईएको छ ।

सर्वोच्च अदालत बार एसोसिएनका सचिवसमेत रहेका कर्णको नेतृत्वमा ७५ सदस्यीय केन्द्रीय समिति सहितको पार्टी आज निर्वाचन आयोगमा दर्ताको लागि निवेदन दिईएको हो ।

कर्णसहित आज पार्टीमा जोडिएका युवाहरु विकास ठाकुर, जश्मिन ओझालगायत निर्वाचन आयोगको कार्यालय पुगेका हुन् ।