कुलमानको ‘उज्यालो नेपाल पार्टी’ को नामावली विवरण आयोगमा अद्यावधिक


काठमाडौं, २५ कात्तिक । निर्वाचन आयोगमा ऊर्जा जलस्रोत तथा सिचाईँमन्त्री कुलमान घिसिङको उज्यालो नेपाल पार्टीको नामावली विवरण अद्यावधिक भएको छ । घिसिङले पूर्व ऊर्जा सचिव अनुपकुमार उपाध्यायलाई अध्यक्षको रुपमा अगाडि सारेका छन् । अहिले मन्त्री भएको कारण चुनावको बेलामा मात्रै घिसिङ सक्रिय हुने समझदारी बनेको बताइएको छ ।

घिसिङको उज्यालो नेपाल पार्टीमा सुदूरपश्चिमका स्वतन्त्र सांसद ताराप्रसाद जोशी, नेपाली कांग्रेसका सभापति शेरबहादु्र देउवासँग चुनाव लडेका सागर ढकाल, महेन्द्र लावतीलगायतका व्यक्तिहरु सहभागी छन् । त्यस्तै चर्चामा रहेर पनि जेन–जीबाट मन्त्री बन्न नसकेकी टाँसी ल्हाजोम पनि उज्यालो नेपाल पार्टीमा जोडिएकी छन् ।