हिरासतबाट छुटे एमाले नेता भट्टचन


काठमाडौं, कार्तिक २६ । नेकपा (एमाले) नेता देवीप्रकाश भट्टचन हिरासतबाट छुटेका छन् । प्रभु ग्रुपसँग सम्बन्धित आर्थिक हिनामिनाको आरोपमा हिरासत पुगेका भट्टचनलाई अदालतले थुनामा राख्न म्याद नदिएपछि थुनामुक्त भएका हुन । उनलाई अदालतले हिरासत बाहिरै राखेर अनुसन्धान गर्न छुट दिएको छ । अदालतले उनलाई स्वास्थ्यको कारण देखाउँदै हिरासतमा नराखी अनुसन्धान गर्न आदेश दिएपछि थुनामुक्त गरिएको हो ।

प्रभु ग्रुपका अध्यक्षसमेत रहेका भट्टचनलाई काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जीको आधारमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)ले कात्तिक ११ गते ललितपुरबाट पक्राउ गरेको थियो ।