काठमाडौं, २६ कात्तिक । नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले संविधानलाई सही ट्रयाकमा ल्याउनका लागि निर्वाचनको विकल्प नरहेको बताएका छन् । प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले अब निर्वाचनको विकल्प नरहेको र त्यसका लागि सरकारले वातावरण तयार गर्नुपर्ने बताएका हुन् ।
‘अब अहिलेलाई मैले सर्सर्ती देख्दाखेरी निर्वाचनको विकल्प छैन । निर्वाचनको लागि परिस्थिति तयार गर्नुपर्छ । निर्वाचन गराउँछु भनेर मात्रै निर्वाचन हुँदैन । निर्वाचन गराउनका लागि सरकारले जो भनिरहेको छ– वातावरण तयार पार्नुपर्यो,’– उनले भने ।
शान्तिपूर्ण वातावरणमा सम्पूर्ण दलहरुले आफ्ना विचार लिएर जनताको बीचमा जाने परिस्थिति निर्माण हुनुपर्ने र शान्ति सुरक्षाको ग्यारेन्टी गरिनुपर्ने उनले बताए ।




प्रतिक्रिया