रामकुमारी एमालेको काममा सक्रिय


काठमाडौं, २६ कार्तिक । नेकपा (एमाले) मा फर्किएकी रामकुमारी झाँक्री आजबाट संगठनको काममा सक्रिय भएकी छिन् । उनी आज एमाले मुख्यालय च्यासल पुगेर काम सुरु गरेकी हुन् ।

महासचिव शंकर पोखरेल र संगठन विभागका प्रमुखसहितका नेताहरुको उपस्थितिमा भएको बैठकमा झाँक्री सहभागी भएकी हुन् । उनी यही कार्तिक २४ गते एमालेमा फर्किएकी हुन् । उनलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले स्वागत गरेका थिए ।