आफूनिकट नेताहरुसँग ओलीको ब्रिफिङः ‘अब म प्रधानमन्त्री बन्दिनँ’


काठमाडौं, २६ कात्तिक । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अब प्रतिनिधिसभा पुनर्स्थापना भए पनि प्रधानमन्त्री नबन्ने बताएका छन् । उनले आफूनिकट नेताहरुसँग यस्तो ब्रिफिङ गरेका हुन् । एमालेका नेता आनन्द पोखरेलका अनुसार ओलीले अब आफू प्रधानमन्त्री नबन्ने र बरु संसद् पुनर्स्थापना गरेर सांसद नरहेको व्यक्ति पनि प्रधानमन्त्री बन्न सक्ने व्यवस्था गर्न चाहेको बताए थिए ।

‘केपी ओलीले म प्रधानमन्त्री हुन्न भनिसक्नुभयो । संसद् पुनर्स्थापना भए पनि प्रधानमन्त्री हुन्न । जेन–जीका माग पूरा गर्ने र गैर सदस्य (सांसद नहरेको व्यक्ति) पनि प्रधानमन्त्री हुन पाउने गरी संविधान संशोधन गरेर अहिलेका आवश्यकता र मुद्दालाई सम्बोधन गरेर अगाडि जानुपर्छ भनेर स्पष्ट दृष्टिकोण राखिसक्नु भएको छ,’– एमाले नेता पोखरेलले भने ।