काठमाडौं, कार्तिक २७ । शिक्षामन्त्री महावीर पुनले निकोलस भुसालले सबै नेपालीलाई करोड पनि बनाउने योजना सय प्रतिशत हावा कुरा गरेको भन्दै व्यङ्ग्य गरेका छन्।
निकोलसले हरेक नेपालीलाई १२ वटाको दरले सालको रुख बाँडिदिने भनाइ राखेपछि मन्त्री पुनले यस्तो व्यङ्ग्य गरेका हुन्। उनले नेपालीलाई १२ वटाको दरले सालको रुख बाँडिदिएपछि नेपालको पर्यावरण के हुन्छ? ३६ करोड सालको रुख कहाँ बेच्ने? भन्दै समाजिक सञ्जालबाट प्रश्न समेत गरेका छन्।
मन्त्री पुनले फेसबुकमा लेखेका छन्, ‘ए! बल्ल थाहा भयो निकोलस भाईले कसरी हरेक नेपालीलाई एक करोडपति बनाउने रहेछ भन्ने कुरा, हरेक नेपालीलाई १२ वटाको दरले सालको रुख बाँडि दिने रे, सो गर्दा नेपालको पर्यावरण के हुन्छ? ३६ करोड सालको रुख कहाँ बेच्ने? १०० प्रतिशत हावा कुरा कसले पत्याउँछ?




प्रतिक्रिया