आज दुई संसदीय समितिको बैठक बस्दै, यस्तो छ कार्यसूची


काठमाडौं, कार्तिक २७ । आज दुई वटा संसदीय समितिको बैठक बस्दैछन् । जसअन्तरगत अहिले बिहान ११ बजे बस्ने राष्ट्रिय सभाअन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा अध्यागमन विभाग तथा कार्यालयको अवलोकन सम्बन्धमा छलफल हुनेछ ।

त्यस्तै, दिउँसो १ बजे बस्ने सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा शान्ति सुरक्षाको अवस्था र आगामी निर्वाचनको तयारी सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ ।