आज नेपाल प्रहरीको कमाण्ड सम्हाल्दै कार्की


काठमाडौं, कार्तिक २७ । नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक दानबहादुर कार्कीले आजबाट नेतृत्व सम्हाल्दैछन् । प्रहरी नियमावलीमा उल्लेख रहेको ३० वर्षे सेवा अवधिका कारण चन्द्रकुवेर खापुङ हिजो राति १२ बजेबाट महानिरीक्षकबाट अनिवार्य अवकाशमा गएपछि कार्कीले आजदेखि नेपाल प्रहरीको कमाण्ड सम्हाल्न लागेका हुन् ।

कात्तिक २५ गतेको मन्त्रिपरिषद् बैठकबाट नेपाल प्रहरीको सर्वोच्च पद आईजीपीमा नियुक्त कार्की आज प्रहरी प्रधान कार्यालय गएर औपचारिक रुपमा जिम्मेवारी सम्हाले कार्यक्रम छ । गृहमन्त्रालयमा दर्ज्यानी चिह्न लगाएपछि उनले पदभार ग्रहण गर्नेछन् ।

२४ भदौमा जेनजी आन्दोलन हुँदा कार्कीले उपत्यकाको कमाण्ड सम्हालेका थिए । २३ भदौमा भने उपत्यकाको कमाण्ड एआईजीविहीन थियो । उपत्यका कमाण्ड सम्हाल्नुअघि उनी प्रहरी प्रधान कार्यालयस्थित मानव स्रोत साधन विभागको प्रमुख थिए ।