काठमाडौं, २७ कार्तिक । नेकपा (एमाले) का प्रभावशाली नेता तथा पूर्वमन्त्री खगराज अधिकारीले अगामी ११औं महाधिवेशनले केपी शर्मा ओलीलाई नै नेतृत्वमा ल्याउने दाबी गरेका छन् । उनले ओली नै ११औं महाधिवेशनमा अध्यक्ष बनाउनेमा कुनै शंका नभएको बताएका हुन् । प्रेस चौतारी नेपाल कैलालीले आज (बिहीबार) आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् ।
ृउनले अहिलेका अध्यक्ष ओली नै सर्वसम्मत् अध्यक्ष बन्ने बताउँदै सहमतिबाट नेतृत्व चयन नभए चुनावी प्रतिष्पर्धाबाट नेतृत्व आउने बताए । तर, पार्टी नेतृत्वको लागि हुने स्वस्थ प्रतिष्पर्धाले एमालेलाई कुनै नोक्सानी नहुने उनको मत छ । उनले सुशीला कार्की नेतृत्वको वर्तमान सरकारले चुनाव गराउन नचाहेको आरोप लगाए । उनले भने,‘यो सरकार नै असंवैधानिक बाटोबाट बनेको हो, यसले नयाँ जनादेश लिन नचाहेको प्रष्ट छ, एमाले चुनावसँग डराएको छैन ।’ file photo




प्रतिक्रिया