काठमाडौं, २७ कार्तिक । माओवादी केन्द्र छोडेर प्रगतिशील अभियान नेपाल घोषणा गरेका जनार्दन शर्माको टिमले आज पत्रकार सम्मेलनमार्फत आफ्नो धारणा राख्ने भएको छ । हिजोमात्रै ओम शर्माको नेतृत्वमा १० जना नेताले विद्रोह गरेर जनार्दनलाई साथ दिने घोषणा गरेका थिए ।
त्यसको भोलिपल्ट आज दिउँसो २ बजे सम्वाद डबलीमा पत्रकार सम्मेलनमार्फत उनीहरुले धारणा सार्वजनिक गर्ने भएका हुन् । हिजोमात्रै जनार्दनले घनश्याम भुसाल र विप्लवसँग भेटवार्ता गरेका थिए । यी तीन नेताले सहकार्य गर्नेगरि संयुक्त विज्ञप्तीपनि निकालिसकेका छन् ।




प्रतिक्रिया