काठमाडौं, २७ कार्तिक । रास्वपाका सभापति एवम् पूर्व गृहमन्त्री रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दाको पेशी तोकिएको छ ।
बुटवलको सुप्रिम सहकारी संस्थाको रकम ठगी र संगठित अपराध अभियोगमा थुनामा रहेका लामिछानेले बिगोबमोजिमको रकम बुझाइ थुनाबाहिरै बसेर मुद्दा लड्न माग गरेका थिए ।
उनीहरुको मुद्दा उच्च अदालत तुलसीपुर बुटवल इजलासमा न्यायाधीशद्वय ओमप्रकाश अर्याल र बासुदेव आचार्यको संयुक्त इजलासमा सुनुवाइ हुने तय भएको छ । यो मुद्दामा कार्तिक २० गते सुनुवाई भएको थियो । त्यतिवेला सुरुको मिसिल झिकाउन आदेश भएको थियो । file photo




प्रतिक्रिया