चुनाव वातावरण बनाउन सरकार प्रतिबद्ध छ, सुशासन पनि कायम गर्छौं : गृहमन्त्री अर्याल


काठमाडौं, २७ कार्तिक । गृहमन्त्री ओमप्रकाश अर्यालले सरकार चुनावी वातावरण बनाउन केन्द्रित भएको बताएका छ्न । यो सरकार चुनावी सरकार भएपनि सुशासन प्रत्याभूतिको लागि सक्रिय भएर काम गरेको उनको दाबी छ । आज (बिहीबार) सिंहदरबारमा बसेको राष्ट्रियसभाको समितिको बैठकमा उनले यस्ते बताएका हुन् ।

समितिले आज निर्वाचनको तयारी र सुरक्षाबारे छलफल गर्न गृहमन्त्रीलाई बोलाएको थियो । सो क्रममा उनले सरकार निर्वाचनको तयारीको लागि सरकार द्रुत गतिमा लागिपरेको र वातावरण बनाउने काम गरेको विश्वास दिलाए ।

तर, चुनावको तयारीसँगै सरकारले सुशासन कायम गर्नेगरि काम गरेको पनि उनको दाबी छ । उनले भने,‘सुशासन दिन नसके विद्रोह हुने रहेछ भन्ने प्रस्टसँग देखिएको छ। सुशासन सरकारको नियमित र उच्च प्राथमिकताको काम हो भन्ने हामीले बुझेका छौँ। सुशासन दिन नसक्दा विद्रोह हुने देखिसकेका छौँ। सुशासनको मामिलामा सचेत छौँ। माग सम्बोधन गर्छौँ।’