प्रधानमन्त्रीलाई पोखरेलको प्रश्न: चुनावमा सहभागी हुने घोषणा गरिसकेको व्यक्तिलाई मन्त्री पदमा राखिराख्नु उचित हुन्छ?


काठमाडौं, कार्तिक २८ । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले प्रधानमन्त्री सुशीला कार्कीलाई चुनावमा सहभागी हुने घोषणा गरिसकेको व्यक्तिलाई मन्त्री पदमा राखिराख्नु उचित हुन्छ भन्दै प्रश्न गरेका छन्।

महासचिव पोखरेलले प्रधानमन्त्री कार्कीले चुनावका लागि गैरदलीय सरकार बनाएको दाबी गरेको भनेर उक्त प्रश्न गरेका हुन्। समाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले यदि यस्तो व्यक्ति मन्त्री पदमा बसिरहनु नैतिक दृष्टिले उपयुक्त नहुने र प्रधानमन्त्रीको प्रतिबद्धतासँग मेल नखाने बताएका छन्।

‘प्रधानमन्त्री सुशीला कार्कीले चुनावका लागि गैरदलीय सरकार बनाएको दाबी गर्ने तर स्वयंको पहलमा पार्टी गठन गरी चुनावमा सहभागी हुने घोषणा गरिसकेको व्यक्तिलाई मन्त्री पदमा राखिराख्नु उचित हुन्छ?’ उनले फेसबुकमा लेखेका छन्, ‘यदि यस्तो व्यक्ति मन्त्री पदमा बसिरहनु नैतिक दृष्टिले उपयुक्त हुदैन र प्रधानमन्त्रीको प्रतिबद्धतासँग मेल खाँदैन भने, अविलम्ब मन्त्री पदबाट बिदा गर्नुपर्ने होइन र?