प्रधानमन्त्री कार्की नेतृत्वको सरकारले राष्ट्रिय, अन्तर्राष्ट्रिय मान्यता प्राप्त गरेको छः राजनीतिक विश्लेषक आचार्य (भिडिओसहित)


काठमाडौं, २८ राजनीतिक विश्लेषक पुरञ्जन आचार्यले सुशीला कार्की प्रधानमन्त्री बनेपछि देशमा शान्ति, सुरक्षा र अमनचयन कायम रहेको बताएका छन् । प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले कार्की प्रधानमन्त्री बनेपछि अहिलेसम्म सडक कुनै पनि किसिमले नतातेको बताए । प्रधानमन्त्री कार्की नेतृत्वको सरकारले राष्ट्रिय, अन्तर्राष्ट्रिय रुपमा वैधता प्राप्त गरेको बताए । चाइना, अमेरिका, युरोप सबै देशले यसलाई समर्थन गरेको उनले बताए ।

‘अहिलेसम्म सडक कुनै पनि किसिमले तातेको छैन । त्यो राम्रो काम हो सबैभन्दा । यसले राष्ट्रिय, अन्तर्राष्ट्रिय रुपमा वैधता प्राप्त गरेको छ । अन्तर्राष्ट्रिय रुपमा अमेरिका, चाइना, युरोप सबै देशले यसलाई समर्थन गरेको छ । त्यो चाहिँ सबैभन्दा ठूलो कुरा हो । यसलाई कनै किसिमको अलोकतान्त्रिक सरकार हो भनेर कसैले पनि भनेन,’– उनले भने ।

दुई ठूला पार्टीको निर्वाचित सरकार ढलेर अनिर्वाचित सरकार आउँदा पनि यसलाई संसारले मान्यता दिएको उनले बताए । अहिलेसम्म यो सरकार टिकिराख्नु नै अर्को एउटा सफलता मान्नुपर्ने उनले बताए । प्रधानमन्त्री कार्की नेतृत्वको सरकारलाई आलोचना गरिहाल्ने ठाउँ पनि नरहेको उनले बताए ।

साथै, उनले अहिले प्रमुख निर्वाचन आयुक्त नहुँदा समस्या भइरहेको उनले बताए । निर्वाचन गराउनका लागि अहिले भएका आयुक्त भन्दा बाहिरबाट प्रमुख निर्वाचन आयुक्त ल्याउनुपर्ने धारणा राखे ।