काठमाडौं, २८ कात्तिक । नेपाल क्रिकेट संघका सचिव तथा राष्ट्रिय टिमका पूर्व कप्तान पारस खड्का सोमानी सेरामिक्सको ब्रान्ड एम्बासडर नियुक्त भएका छन् । भारतको अग्रणी टायल्स र बाथवेयर ब्रान्ड सोमानी सेरामिक्स लिमिटेडले नेपाल तथा दक्षिण–पूर्व एसियाका लागि नेपाल क्रिकेट टिमका पूर्व कप्तान खड्कालाई आफ्नो आधिकारिक ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ।
यो सहकार्यले सोमानी सेरामिक्सको नेपाली उपभोक्तासँगको सम्बन्धलाई अझ सुदृढ बनाउने र बजारमा आफ्नो अग्रणी स्थानलाई थप बलियो बनाउने उद्देश्य कम्पनीले राखेको छ । सोमानी सेरामिक्सका सम्पूर्ण उत्पादनहरू टायल्स, बाथवेयर, एडेसिभ, वाटरप्रुफिङ लगायतका ब्रान्ड फेसका रूपमा विभिन्न प्रचार–प्रसार र प्रवर्द्धनात्मक क्रियाकलापमा ब्रान्ड एम्बासडर खड्का सहभागी हुनेछन् ।
सोमानी सिरामिक्स लिमिटेड भारतको सिरानिक्स उद्योगका अग्रणी कम्पनीमध्ये एक हो र विश्वका शीर्ष १५ निर्माता कम्पनीमध्ये पर्छ। नेपालमा यो नं. १ ब्रान्डको रूपमा स्थापित छ । कम्पनीले भिते र फ्लोर टायल्स, पोलिस्ट मिट्रिफाइड टायल्स, ग्लेज्ड टायल्स र स्ल्याब्स, सेनिटरीवेयर, बाथ फिटिङ्स, डेसिभ र ग्राउट्स लगायतका निमार्ण सामाग्रीहरु कम्पनी ले उत्पादन गर्दै आइरहेको छ ।
१२हजार भन्दा बढी रिटेल आउटलेट र ५ सयभन्दा बढी एक्सक्लुसिभ सोरुमहरु रहेको सोमानि टायल्सको विश्वका ६ महादेशको ८० भन्दा बढी देशहरूमा उत्पादन हरु निर्यात गर्दै आइरहेको छ । कम्पनीको वार्षिक उत्पादन क्षमता ७५ मिलियन वर्गमिटर छ । जसका लागि भारतभर रहेका आफ्नै दुई प्लान्ट र सात साकेदार कम्पनीहरु संग संयुक्त रुपमा उत्पादन गर्दै आइरहेको छ । कंम्पनीले सेनिटरी वेयर, बाथ फिटिङ्स र एडेसिभ उत्पादनका लागि छुट्टै उत्पादन प्लानटहरु सञ्चालन गर्दै आइरहेको छ ।






प्रतिक्रिया