नेपाली कम्युनिष्ट पार्टीमा यस्तो छ वरियता क्रम, झलनाथ-वामदेवपछि नारायणकाजी


काठमाडौं, २८ कात्तिक । नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) सहित विभिन्न कम्युनिष्ट घटकहरु मिलेर बनेको नेपाली कम्युनिष्ट पार्टीले १३८ जना केन्द्रीय समिति बनाएको छ । तत्कालीन माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेकपाको संयोजकको भूमिकामा रहेका छन् । नेकपाको सह–संयोजकमा माधव कुमार नेपाल रहेका छन् ।

नेकपाको सूचीमा तेस्रो बरियतामा झलनाथ खनाल रहेका छन् । त्यस्तैगरी क्रमशः वामदेव गौतम, नारायणकाजी श्रेष्ठ, अग्निप्रसाद सापकोटा, कृष्णबहादुर महरा, जगन्नाथ खतिवडा, जयन्तीदेवी राई र डा.वेदुराम भुसाल रहेका छन् । १३८ केन्द्रीय सदस्यमा प्रचण्डकी बुहारी विना मगर पनि समेटिएकी छन् । उनको नाम अन्तिममा रहेको छ ।