काठमाडौं, २८ कात्तिक । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको मन्त्रिमण्डलमा सहभागी ७ मन्त्रीहरुले सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । कूल १० सदस्यीय मन्त्रिपरिषद्मा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय ७ जना मन्त्रीहरुको सम्पत्ति विवरण प्राप्त भएको बताइएको छ । तीन जना मन्त्रीले भने सम्पत्ति विवरण सार्वजनिक गर्न बाँकी रहेको छ ।
गत भदौ २७ गते जेन–जी आन्दोलनको बलमा पूर्व प्रधानन्यायाधीश कार्की प्रधानमन्त्रीमा नियुक्त भएकी थिईन् । प्रधानमन्त्री कार्कीले भदौ ३० गते पूर्वअर्थसचिव रामेश्वर खनाल, नेपाल विद्युत् प्राधिकरणका पूर्वप्रबन्धनिर्देशक कुलमान घिसिङ र अधिवक्ता ओमप्रकाश अर्याललाई मन्त्री नियुक्त गरेकी थिईन् । यी मध्ये गृहमन्त्री अर्याल र अर्थमन्त्री खनालले सम्पत्ति विवरण बुझाएका छन् । ऊर्जामन्त्री घिसिङले भने अझै विवरण नबुझाएको बताइएको छ ।
प्रधानमन्त्री कार्कीले दोस्रो चरणको मन्त्रिपरिषद् विस्तारमा अनिलकुमार सिन्हा, महावीर पुन, डा.मदनप्रसाद परियार र जगदीश खरेललाई मन्त्री नियुक्त गरेकी थिईन् । यीमध्ये सञ्चारमन्त्री बनेका खरेलले सम्पत्ति विवरण बुझाउन बाँकी रहेको बताइएको छ ।
गत कातिक ९ गते तेस्रो पटक मन्त्रिपरिषद् विूस्तार भएकोमा पूर्वस्वास्थ्य सचिव सुधा शर्मा गौतम, बब्लु गुप्ता मन्त्री नियुक्त भएका थिए । युवा तथा खेलकुद मन्त्री नियुक्त भएका गुप्ताले सम्पत्ति विवरण बुझाएका छन् भने स्वास्थ्यमन्त्री शर्माले अझै सम्पत्ति विवरण बुझाएकी छैनन् ।




प्रतिक्रिया