रास्वपा छाडेलगत्तै सन्तोष परियार जनार्दन शर्मासँग छलफलमा, होला त सहकार्य ?


काठमाडौं, २८ कार्तिक । सन्तोष परियारले रास्वपा छाडेका छन् । उनले रास्वपामा नरहनेगरि राजीनामा बुझाएपछि रास्वपाको नेतृत्वलेपनि आगामी यात्राको लागि शुभकामना भनिसकेको छ । परियार सुरुदेखि नै वामपन्थी विचार बोक्ने नेताको रुपमा चिनिन्छन् ।

उनी यतिवेला जनार्दन शर्माले सुरु गरेको प्रगतिशील अभियानमा जोडिनेगरि छलफलमा जोडिएको बताईन्छ । अहिले परियार र शर्माबीच छलफल चलिराखेको छ । परियार एकीकृत समाजवादी पूनर्गठनको घोषणा गरेका नेता घनश्याम भुसालसँगपनि उत्तिकै नजिक मानिन्छन् । जनार्दन र घनश्यामले नेकपाका महासचिव विप्लवसँगपनि सहकार्य गर्ने भनेर संयुक्त विज्ञप्ती जारी गरिसकेको अवस्था छ । file photo