जेन-जीहरुले प्रधानमन्त्री कार्कीलाई बुझाए प्रस्तावित सम्झौताको ड्राफ्ट (पूर्णपाठसहित)


काठमाडौं, २८ कात्तिक । जेन–जी अगुवाहरुले प्रधानमन्त्री सुशीला कार्कीलाई जेन–जी नेतृत्वमा भएको आन्दोलन र राज्यपक्षबीचको प्रस्तावित सम्झौतापत्रको ड्राफ्ट बुझाएका छन् । आज (शुक्रबार) उनीहरुले प्रधानमन्त्री कार्कीलाई भेटेर प्रस्तावित सम्झौताको ड्राफ्ट बुझाएका हुन् ।

सहमतिपत्रमा शहीद र घाइतेको त्याग र बलिदानलाई सम्मान तथा न्याय, परिपूरण र अर्थपूर्ण स्मृति, भाद्र २३ देखि २५ का घटनाको अनुसन्धान, अभियोजन र पुनः नदोहोरिनका लागि संस्थागत सुधार, संस्थागत भ्रष्टाचार, सार्वजनिक संस्थाहरूको दलीयकरण र दलीय भागबण्डाका आधारमा गरिने नियुक्तिको अन्त्य, स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण र भयरहित निर्वाचनको सुनिश्चिततालगायतका विषयहरु समावेश गरिएको छ ।