नेपाली कम्युनिष्ट पार्टीले आयोगबाट पायो दल दर्ताको प्रमाणपत्र


काठमाडौं, २८ कार्तिक । पुष्पकमल दाहाल संयोजक रहेको नेपाली कम्युनिस्ट पार्टीले निर्वाचन आयोगबाट दल दर्ताको प्रमाणपत्र प्राप्त गरेको छ । आयोगले आज (शुक्रबार) नेपाली कम्युनिष्ट पार्टीलाई दल दर्ताको प्रमाणपत्र दिएको हो ।

दल दर्ताको प्रमाणपत्र लिनको लागि नेताहरु मुक्ति प्रधान, राजेन्द्र पाण्डे, लिलामणि पोखरेल, दिलकुमारी पन्त आयोग पुगेका थिए । दल दर्ताको प्रक्रियामा सुरुदेखि नै राजेन्द्र पाण्डे र मुक्ति प्रधानको सक्रिय भूमिका थियो ।