काठमाडौं, कार्तिक २९ । धनुषामा बिदामा गएका प्रहरीका एकजना सहायक हवल्दार गोली हानेर वडाध्यक्षको हत्या गरेको आरोपमा पक्राउ परेका छन् । सप्तरीको पक्की प्रहरीचौकीमा कार्यरत सहायक प्रहरी हवल्दार शम्भु यादव घरबिदा लिएर मिथिला बिहारी पुगेका बेला धनुषाको मिथिला बिहारी नगरपालिका– ९ का वडाध्यक्ष विन्देश्वर यादवको हत्या गरेको आरोपमा पक्राउ परेका हुन् ।
गोली प्रहारबाट गम्भीर घाइते वडाध्यक्ष यादवको उपचारका लागि जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । वडाध्यक्ष यादव स्वतन्त्रबाट निर्वाचित हुन् । उनीहरूबिच जमिनको पुरानो विवाद रहेको बताइएको छ ।




प्रतिक्रिया