जनकपुर, २९ कार्तिक । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले आफूलाई आन्दोलनकारीहरुबाट सुरक्षा थ्रेट रहेको बताएका छन् । आज (शनिबार) प्रदेशवासीका नाममा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले आफू नेपाली सेना, प्रहरी र सशस्त्रको सुरक्षा घेराभित्र भएपनि आन्दोलनकारीबाट सुरक्षा चूनौतिमा रहेको बताए ।
सुरक्षा निकायले नै आफूलाई सार्वजनिक कार्यक्रममा निस्किन विचार गर्न सुझाएको बताए । उनले आफूमाथि आन्दोलनकारीबाट सुरक्षा चूनौति रहेको भन्दै मुख्यमन्त्री नियुक्तीको विरोधमा उत्रिएका ७ दलप्रति लक्षित गर्दै यस्तो टिप्पणी गरे ।
उनले भने,‘सुरक्षा थ्रेट मलाई अरू कोबाट हुन्छ ? जनताबाट त हुँदैन । आन्दोनलकारीबाटै हुन्छ’, म सुरक्षित छैन भने अन्य कुनै व्यक्ति सुरक्षित हुन सक्दैन । म सुरक्षित छैन भने अन्य दलका माननीयहरू सुरक्षित हुन सक्छन् ?’ वीरगञ्जमा रहेको कन्सुलर अफिसको प्रतिनिधिहरुले दललाई सिधै थ्रेट दिएको र पार्टी फुटाईदिन्छु भनेर भनेको मुख्यमन्त्री यादवको आरोप छ ।




प्रतिक्रिया