काठमाडौं, २९ कात्तिक । मधेश प्रदेशसभाका सभामुख रामचन्द्र मण्डलले सर्वदलीय बैठक आह्वान गरेका छन् । सभामुखका प्रेस सल्लाहकार अवधेश कामतका अनुसार आज (शनिबार) दिउँसो ३ बजेका लागि सर्वदलीय बैठक आह्वान गरिएको छ ।
सभामुख मण्डलले सर्वदलीय बैठक आह्वान गरिरहँदा प्रदेशसभाको भवन अगाडि सात दलका नेता तथा कार्यकर्ताहरुको प्रदर्शन पनि कायमै रहेको छ । उक्त क्षेत्रमा ठूलो मात्रामा सुरक्षाकर्मी तैनाथ गरिएको छ ।




प्रतिक्रिया