आज पहाडी भू-भागमा आंशिक बदली रहने


काठमाडौं, कार्तिक ३० । हाल देशमा कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन् । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका अधिकांश क्षेत्रमा मौसम सामान्य रहने छ । हावापानीका दृष्टिले स्थिर अवस्थामा देखिएकाले हालका लागि कुनै उल्लेखनीय वर्षा प्रणाली विकसित नभएकाले देशभरको मौसमी अवस्था सामान्य रहेको महाशाखाले जनाएको छ ।

आज बिहान कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहने जसको प्रभाव दिउँसो बागमती प्रदेशका पहाडी क्षेत्रमा पनि देखिने महाशाखाले उल्लेख गरेको छ। यी पहाडी भू-भाग बाहेक देशका अधिकांश क्षेत्रमा मौसम मुख्यतः सफा रहने अनुमान गरिएको छ।