मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु


काठमाडौं, कात्तिक ३०। मकवानपुरमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जिल्लाको मकवानपुरगढी गाउँपालिका वडा नम्बर–५ र भीमफेदी गाउँपालिका वडा नम्बर १ को सिमानास्थित बुङ्दल खोला पुल नजिक मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको हो ।

बा.प्र.०३–००५ प ७९८० नम्बरको मोटरासाइकल झण्डै ४०/५० मिटर तल बुङदल खेलामा खसेर दुर्घटना भएको छ । घटनास्थलमै मृत्यु भएका दुबै जनाको पहिचान खुल्न बाँकी रहेको छ । घटना शनिबार राति भएको हुन सक्ने प्रहरीको अनुमान छ । आज बिहान स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका छन् ।