केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै


काठमाडौं, ३० कात्तिक । केन्द्रीय सुरक्षा समितिको बैठक बस्ने भएको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षा व्यवस्थाबारे छलफल गर्नका लागि केन्द्रीय सुरक्षा समितिको बैठक बस्न लागेको हो ।

गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा आज (आइतबार) दिउँसो ३ बजे मन्त्रालयमा बैठक बस्ने छ । प्रहरी महानिरीक्षक (आईजीपी) मा दानबहादुर कार्कीको नियुक्ति पछि यो पहिलो केन्द्रीय सुरक्षा परिषद्को बैठक हो ।