बालेन, हर्कदेखि रवि लामिछाने र कुलमानदेखि सुमनासम्मलाई एक ठाउँमा उभिन सुदनको आह्वान


काठमाडौं, ३० कार्तिक । हामी नेपालीका संयोजक तथा जेनजी आन्दोलनका अगुवा सुदन गुरुङले बालेन शाह, कुलमान घिसिङ, रवि लामिछाने, हर्क साम्पाङ र सुमना श्रेष्ठलाई एक ठाउँमा उभिन अपिल गरेका छन् । उनले जनताले विश्वास गरेका सबै जिम्मेवार व्यक्तिहरुलाई एक ठाउँमा ल्याउनको लागि आफूले पहल गरेको उल्लेख गर्दै यस्तो आह्वान गरेका हुन् । देशले यतिवेला वैकल्पिक नागरिक शक्ति खोजेको उनको बुझाई छ ।

फेशबुकमार्फत उनले नयाँ भनिएकाहरुलाई एक ठाउँमा उभिन भनेका छन् । उनले फेशबुकमार्फत यस्तो लेखेका छन्–‘हामी सम्पूर्ण नेपाली जनताको एउटै चाहना छ । तपाईंहरू सबै एकै ठाउँमा सँगै उभिनुहोस्। जसरी गोरखाबाट एकताको यात्रा सुरु भएर नेपाल बनेको थियो, त्यही गोरखा मन्दिरबाट हामी आशीर्वाद लिएर यो अभियान सुरु गर्नेछौं । राष्ट्रको हितका लागि, आगामी पुस्ताको भविष्यका लागि।’

उनले लेखेका छन्-

७ वटै प्रदेश, ७७ वटै जिल्ला, स्थानीय तह र वडास्तरसम्म Gen z एकजुटता सम्पन्न भइसकेको छ। अब हामी चाहन्छौं अन्य नेपालीहरू पनि यस नेपाल परिवर्तन अभियानमा जोडिउन्। OUR COUNTRY NEEDS A ALTERNATIVE CIVILIAN FORCE. पार्टी प्रेमी होइन देशप्रेमी नेपालीहरू एकजुट हुन जरुरत छन्।

छिट्टै नै परिवर्तन चाहने सबै नेपालीलाई एकजुट गर्न हामी यसको डिजिटल platform पनि सार्वजनिक गर्नेछौं।
अब दोस्रो चरण सुरु हुँदैछ । जनताले विश्वास गरेका सबै जिम्मेवार व्यक्तिहरूलाई एउटै ठाउँमा ल्याउने।

हामी सार्वजनिक रूपमा हर्क साम्पाङ, बालेन शाह, रवि लामिछाने, कुलमान घिसिङ, सुमना श्रेष्ठ र सागर ढकाल साथै समाजमा मन जितेका व्यक्तित्वलाई आह्वान गर्नु चाहन्छौं।

हामी सम्पूर्ण नेपाली जनताको एउटै चाहना छ । तपाईंहरू सबै एकै ठाउँमा सँगै उभिनुहोस्। जसरी गोरखाबाट एकताको यात्रा सुरु भएर नेपाल बनेको थियो, त्यही गोरखा मन्दिरबाट हामी आशीर्वाद लिएर यो अभियान सुरु गर्नेछौं । राष्ट्रको हितका लागि, आगामी पुस्ताको भविष्यका लागि।