विवाह बन्धनमा बाँधिदै सुनिता, को हुन बेहुला?


काठमाडौं, मंसिर १ । लोकप्रिय नेपाली लोक–दोहोरी गायिका तथा कलाकार सुनिता दुलाल विवाह बन्धनमा बाँधिन लागेकी छन। आधुनिक लोकगीत, तीज गीत तथा दोहोरी गीतका लागि चर्चित दुलाल यही मंसिर १३ गते विवाह बन्धनमा बाँधिन लागेकी हुन । मधुर आवाज, सरल प्रस्तुति र परम्परागत लोकधुनप्रति लगावका कारण नेपाली लोकसंगीत क्षेत्रमा स्थापित उनको राजेश केसीसँग विवाह हुन लागेको जनाइएको छ।

उनले काठमाडौंको मुलपानीस्थित एक रिसोर्टमा धुमधामसँग विवाह गर्न लागेकी हुन । झण्डै दुई दशकभन्दा बढी समयदेखि सांगीतिक यात्रामा रहेकी उनी नेपाली संगीत क्षेत्रमा तीज गीतकी स्टार भनेर परिचित छन्।