नागरिक समाजका अगुवासँग अन्तर्क्रिया गर्दै प्रधानमन्त्री


काठमाडौं, मंसिर १ । प्रधानमन्त्री सुशीला कार्कीले आज नागरिक समाजका अगुवा प्रतिनिधिहरूसँग अन्तर्क्रिया गर्न लागेकी छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा दिउँसो १ बजे अन्तर्क्रिया हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

नागरिक समाजका अगुवा प्रतिनिधिहरूलाई प्रधानमन्त्रीको कार्यालयमा आमन्त्रण गरी राष्ट्रिय मुद्दा, सुशासन, विकास–निर्माण तथा समसामयिक चुनौतीहरूबारे छलफल गर्ने उद्देश्यले अन्तर्क्रिया आयोजना गरिएको हो।

प्रधानमन्त्रीले समाजका विभिन्न तह–तप्काका विचार तथा सुझावलाई आत्मसात् गर्दै आगामी कार्यदिशा निर्धारण गर्न नागरिक अगुवासँगको भेटघाटलाई महत्त्व दिएको बुझिएको छ। यस अन्तर्क्रियाबाट प्राप्त सुझाव र सल्लाहले सरकारको नीति निर्माण तथा कार्यान्वयनमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको सचिवालयले जनाएको छ।