काठमाडौं, १ मंसिर । प्रधानमन्त्री सुशीला कार्कीसँग अन्तर्राष्ट्रिय मुद्राकोषको एसिया तथा प्रशान्त विभागका निर्देशक डा कृष्ण श्रीनिवासनले शिष्टाचार भेट गरेका छन् । आज (सोमबार) सिहंदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उनले शिष्टाचार भेट गरेका हुन् ।
सो अवसरमा प्रधानमन्त्रीलाई बधाई दिनुका साथै उनले नेपालको विकास र आगामी निर्वाचनका लागि आवश्यक सहयोग उपलब्ध गराउन अन्तर्राष्ट्रिय मुद्राकोष तयार रहेको बताए ।




प्रतिक्रिया